काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना भेटिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४५ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमित हुनेमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेको मन्त्रालयले पुष्टि गरेको हो ।