बिहीबार सुनको मूल्य घट्यो, ९६ हजार ५०० मा कारोवार

बिहीबार सुनको मूल्य घट्यो, ९६ हजार ५०० मा कारोवार

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको भन्दा प्रतितोला ७ सयले घटी आज ९६ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ ।
बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।

 

अर्थ