निशेधाज्ञाको अवज्ञा गर्दै जबरजस्ती रथ तान्न खोजेपछि पुल्चोकमा झडप

निशेधाज्ञाको अवज्ञा गर्दै जबरजस्ती रथ तान्न खोजेपछि पुल्चोकमा झडप

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।

प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । कोरोना भाइरसका कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको प्रहरीले जनाएको छ ।

 

ब्रेकिङ्ग समाचार