देशका विभिन्न भू-भागमा सामान्य वर्षा

देशका विभिन्न भू-भागमा सामान्य वर्षा

काठमाडौँ । देशका विभिन्न भू-भागमा सामान्य वर्षा भईहेको छ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले विभिन्न ४ वटा प्रदेशहरुमा वर्षा भइरहेको मौसमविद्हरुले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ।

समाचार