बागलुङको सुकुर्दुङ खोलाको बाढीले ढोरपाटनका १० घर बगायो

बागलुङको सुकुर्दुङ खोलाको बाढीले ढोरपाटनका १० घर बगायो

बेपत्ताहरुको खोजी कार्य तिव्र

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १० घर बगाएको छ ।
सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले घर बगाउँदा १२ जना सम्पर्क बिहिन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ ।
बाढीले कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको छ ।

समाचार