कोरोना महामारीः पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

कोरोना महामारीः पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

मृत्यु हुनेको कुल संख्या २५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २५१ पुगेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् ।

यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ ।
यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।

यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

ब्रेकिङ्ग समाचार स्वास्थ्य