काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना भेटिए
काठमाडौं । उपत्यकामा ३८८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।