बङ्गलादेशले नेपाललाई ५० हजार टन युरिया मल पठाउने

बङ्गलादेशले नेपाललाई ५० हजार टन युरिया मल पठाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच दुई देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । नेपालको कृषि बालीका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई बंगलादेशले सकारात्मक रूपमा लिएको बताइएको छ । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ ।

मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ ।

भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना सङ्कटका कारण प्रभावित बनिरहेको छ । यसका कारण प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बङ्गलादेशलाई तत्काल मल पठाइदिन आग्रह गरेका हुन् ।

कृषि