बुधबार सुनको मूल्य घट्यो, तोलाको ९७ हजार २ सय कायम

बुधबार सुनको मूल्य घट्यो, तोलाको ९७ हजार २ सय कायम

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । एकैदिन १२ सय रुपैंयाले घटेर तोलाको ९७ हजार २ सय कायम भएको छ ।

मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ। जसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

अर्थ