उपत्यकाको निषेधाज्ञा थप्ने तयारी, निर्णय आज हुने

उपत्यकाको निषेधाज्ञा थप्ने तयारी, निर्णय आज हुने

काठमाडौं । उपत्यकामा जारी निशेधाज्ञा एक हप्ता लम्ब्याउने तयारी गरीएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकामा निशेधाज्ञा जारी गरीएको थियो ।

कोरोनाको जोखीम अझैं उच्च रहेको भन्दै अझैं एक हप्ता निशेधाज्ञा लम्ब्याउने तयारी गरीएको हो । जसबारे मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो ।

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ । निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा पनि कुराकानी भएको छ ।

ब्रेकिङ्ग समाचार