कोरोनाबाट ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु

कोरोनाबाट ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु

मृत्यु हुनेको कुल संख्या २२९

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए ।

महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।

 

ब्रेकिङ्ग समाचार स्वास्थ्य