काठमाडौँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना भेटिए
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४८१ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
संक्रमितमा काठमाडौँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा १ हजार ६९ जना नयाँ संक्रमित भेटिएका छन् ।