देशभर १ हजार ६९ जना नयाँ संक्रमित थपिए

देशभर १ हजार ६९ जना नयाँ संक्रमित थपिए

संक्रमितको कुल संख्या ४० हजार ५२९

काठमाडौँ । नेपालमा १ हजार ६९ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

ब्रेकिङ्ग समाचार स्वास्थ्य