संक्रमितको संख्या २ करोड ५६ लाख ३२ हजार नाघ्यो
काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर एकै दिन २ लाख ४४ हजारभन्दा बढी संक्रमित बनेका छन् ।
एकैदिन २ लाख ४४ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख ३२ हजार २०३ पुगेको हो ।
संक्रमितमध्ये ६९.९७ प्रतिशत अर्थात १ करोड ७९ लाख ३७ हजार ६२ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै एकै दिन थप ४ हजार २२१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार ६८५ पुगेको छ ।