कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगर्न डब्ल्यूएचओको आग्रह

कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगर्न डब्ल्यूएचओको आग्रह

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगर्न डब्ल्यूएचओको आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने डब्ल्यूएचओले स्पष्ट पारेको छ ।

विभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ सार्वजनिक भएको हो ।

डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए ।
यसका साथै डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ ।

 

विश्व स्वास्थ्य