कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

काठमाडौँ । कक्षा १२ को स्थगित परिक्षा दशैं अगाडि नै हुने भएको छ ।
विद्यार्थीहरुको शैक्षिक सत्र खेर नजाने गरी दशैं अगाडि नै परिक्षा गर्ने तयारी गरिएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी गरीएको हो । कोरोना भाइरसका कारण पुरानै विधिबाट परिक्षा गर्न सम्भव नभएकाले अन्य विकल्पहरुबारे छलफल भइरहेको छ ।

तथापी कम विद्यार्थी भएका स्थानमा सामाजिक दुरी कायम गरी परिक्षा सञ्चालन गर्न सकिने बोर्डको ठम्याई छ ।

समाचार