भारतमा एकैदिन ६८ हजारमा कोरोना संक्रमण

भारतमा एकैदिन ६८ हजारमा कोरोना संक्रमण

हालसम्म ३६ लाख ८७ हजार बढी संक्रमित

काठमाडौं । भारतमा एकैदिन ६८ हजारभन्दा बढी मानिस कोरोना संक्रमित बनेका छन् ।
पछिल्लो २४ घण्टामा ६८ हजार ७७० मानिस संक्रमित बनेका हुन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

ब्रेकिङ्ग विश्व स्वास्थ्य