काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण देखा परेको कामनपाका प्रेस विज्ञ मोहन बाँस्तोलाले जानकारी दिए ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रेस सल्लाहकार वास्तोलाका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पतिले आइतबार ग्रान्डी अस्पतालमा स्वाब दिएका थिए । उनकी पत्नीलाइ भने कोरोना संक्रमण देखिएको छैन ।

ब्रेकिङ्ग स्वास्थ्य