भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौ । भारतका पूर्ब राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनका छोरा अभिजित मुखर्जीले ट्वीटरमा ट्वीट गर्दै बुवाको निधनको सूचना सार्वजनिक गरेका हुन् ।

आर्मी अस्पतालले सोमबार दिएको जानकारीअनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको यसअघि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो । उनको फोक्सोमा संक्रमण भएको थियो । अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।

भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

मुखर्जीको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गरेका छन् ।

ब्रेकिङ्ग विश्व