काठमाडौँ उपत्यकामा २९८ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौँ उपत्यकामा २९८ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट काठमाडौँमा उपत्यकामा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित फेला परेको जानकारी दिए ।

उनकाअनुसार काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका थिए ।

ब्रेकिङ्ग समाचार