लकडाउन र निषेधाज्ञाको मारमा कुखुरापालन व्यवसाय

लकडाउन र निषेधाज्ञाको मारमा कुखुरापालन व्यवसाय

काठमाडौं । लकडाउन तथा निशेधाज्ञाको कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ ।
चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् ।

कुखुरापालक व्यवसायीका अनुसार बन्दाबन्दीअघि रू. ३ हजारमा पाइने दानाको मूल्य बन्दाबन्दीमा रू. चार हजारदेखि रू. पाँच हजार ४०० सम्म पुगेको थियो । त्यो पनि समयमा पाउन मुश्किल छ । “मर्न लागेको कुखुरा बचाउने कुनै विकल्प थिएनन् । एक हजार कुखुरा एक महीना मात्रै बचाउँदा कम्तीमा रू. पाँच लाखको दाना खान्छ”, व्यवसायी भन्छन् ।

लकडाउन र निशेधाज्ञा थपिदैं गएको खण्डमा झनै व्यवसाय नै धराशायी बन्ने व्यवसायीहरु बताउछन् ।

कृषि