काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ ।
आज ९७ हजार ५ सय प्रतितोला कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार ९७ हजार २ सयमा कारोबार भएको सुन आज तीन सयले बढेको हो।
आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।