आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द हुने भएका छन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो निर्णय गरिएको बताईएको छ ।
यसैगरी बैठकले आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।
यसैगरी यस्तै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने पनि निर्णय भएको हो ।