हालसम्म १ करोड ७७ लाख ४ हजार ७६१ जना संक्रमण मुक्त
काठमाडौं । विश्वभर कोरोना महामारीबाट एकै दिन २ लाख २० हजारभन्दा बढी संक्रमित बनेका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ४९७ पुगेको हो ।
हालसम्म १ करोड ७७ लाख ४ हजार ७६१ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै एकै दिन थप ४ हजार १८२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५० हजार ५०२ पुगेको छ ।