कोरोनाबाट थप १४ जनाको मृत्यु

कोरोनाबाट थप १४ जनाको मृत्यु

मृतकको कुल संख्या २२१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित थप १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।

यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

 

ब्रेकिङ्ग समाचार स्वास्थ्य