काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित हुनेमा काठमाडौं जिल्लाका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जना रहेका हुन् ।
संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।