नेपालमा १ हजार २२१ जना नयाँ कोरोना संक्रमित फेला

नेपालमा १ हजार २२१ जना नयाँ कोरोना संक्रमित फेला

सक्रिय संक्रमितको कुल संख्या १७ हजार ५१८

काठमाडौं । नेपालमा १ हजार २२१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।

ब्रेकिङ्ग समाचार स्वास्थ्य