कोरोना कहरः देशभर ४९ जिल्लामा निषेधाज्ञा

कोरोना कहरः देशभर ४९ जिल्लामा निषेधाज्ञा

गुल्मी,लमजुङ,उदयपुर,कालिकोट र पाँचथरमा भने निषेधाज्ञा हट्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । कतिपय स्थानमा समुदायस्तरमा कोरोना फैलिएपछि निशेधाज्ञा समेत गरीएको छ । हाल देशभर ४९ जिल्लामा निषेधाज्ञा गरीएको छ ।
३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ भने १० जिल्लामा आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रणका लागि निषेधाज्ञा या लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई प्रत्यायोज गरिएपछि आइतबार बिहानसम्म ४९ जिल्ला र विभिन्न स्थानीय तहमा प्रतिबन्ध लगाइएको छ ।

मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरसहितका ३९ तराईका सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्नपुर, डडेल्धुरा र तेह्रथुममा पूर्ण निषेधाज्ञा गरिएको छ ।

यसअतिरिक्त बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् ।

नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा गरिएको छ ।

गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथरमा लगाइएको निषेधाज्ञा भने हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

ब्रेकिङ्ग समाचार