मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति भने हुन पाएन
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं ६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ ।
आईतबार बिहान गएको पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ ।
घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय बासीन्दा बताउछन् । केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको बताईएको छ ।