विश्वभर साढे २ करोड मानिसमा कोरोना संक्रमण

विश्वभर साढे २ करोड मानिसमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार संक्रमित

काठमाडौं । विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार बिहानसम्म २ करोड ५१ लाख ६२ हजार १८९ जना संक्रमित बनेका छन् ।

संक्रमितमध्ये ६९.५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ ।

ब्रेकिङ्ग विश्व