कोरोना भाइरसः एसियाली देशहरुमा भारत अग्रस्थानमा

कोरोना भाइरसः एसियाली देशहरुमा भारत अग्रस्थानमा

एकैदिन ७८ हजार बढी संक्रमित फेला

काठमाडौं । भारतमा एकैदिन ७८ हजार बढी कोरोना संक्रमित फेला परेका छन् ।
एकैदिन ७८ हजार ४७२ जना नयाँ संक्रमित भेटिएसँगै आइतबार बिहासम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४४ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

ब्रेकिङ्ग समाचार स्वास्थ्य