साइनटच मिडियाद्वारा पहिलो वार्षिकोत्सवका अवसरमा सोसियलटचखबरडटकम सञ्चालन

साइनटच मिडियाद्वारा पहिलो वार्षिकोत्सवका अवसरमा सोसियलटचखबरडटकम सञ्चालन

काठमाडौँ । आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर साइन टच मिडिया प्रालिले नेपाली भाषामा निहीत सन्देशमूलक न्यूज पोर्टल सोसियलटचखबरडटकम सञ्चालनमा आएको छ । सोसियलटचखबरडटकमले मुख्यतयाः कृषि र पर्यटनका क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाउने प्रयत्न गर्नेछ ।

यसले कृषि र पर्यटन क्षेत्रका सूचना, नीतिको विश्लेषण, नीतिगत बहस, मार्ग-निर्देशनसँगै आमनागरिकका यससँग जोडिएका मसिना विषयलाई पनि ‘फोकल लेन्स’ लगाएर सरलरूपमा बुझिने गरी पस्किने साइनटच मिडियाका प्रबन्ध निर्देशक सागर आत्रेयले बताए । उनले यसका अलावा राजनीतिक, समसामयिक, अर्थतन्त्र, मनोरञ्जन, सामाजिक परिवेश, आर्थिक, खेलकूद तथा विज्ञान र स्वास्थ्य क्षेत्रका समाचार पनि यसका महत्वपूर्ण प्रस्तुति रहने जानकारी दिए ।

साइन टच मिडियाले आफ्नो उद्देश्यअनुरूप डिजिटल पत्रकारिताको माध्यमबाट दरिलो, भरपर्दो र विश्वश्नीय समाचार प्रकाशन तथा प्रशारणमा टेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको सोसियलटचखबरडटकम आम नागरिकको आवाज बन्न सफल हुने प्रवन्ध निर्देशक आत्रेयले प्रतिबद्धता व्यक्त गरे ।

सोसियलटचखबरडटकमकी सम्पादक सुनिता पोख्रेलले न्यूज पोर्टलका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सोसियलटचखबरडटकमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । समाजमा दबिएका, हराएका तथा आवाजविहीनहरूको आवाज बनेर सत्य तथा निष्पक्षरूपमा समाचार सम्प्रेषण गर्ने उनले स्पष्ट पारिन् ।

विक्रमसम्बत् २०७६ भदौ १३ गते दर्ता भइ टेलिभिजनमा बजाइने सार्वजनिक तथा सन्देशमूलक सूचना सन्देश (PSA), विज्ञापन (Advertise), कृषि र पर्यटनसम्बन्धी बृत्तचित्र (Documentary), कृषिमा आधारित विशेष रिपोर्ट (Special Report), व्यक्तिगत भिडियो प्रोफाइल, विभिन्न शैक्षिक संस्था, व्यावसायिक र व्यापारीक घराना, व्यक्तिगत र पारिवारीक प्रोफाइल, व्यवसायको उन्नतिमा आधारित बृत्तचित्र, सन्देशमूलक टेलिसिरियल, म्यूजिक भिडियो एवं फिल्मका क्षेत्रमा काम गर्दै आएको छ ।

आगामी दिनमा यसले मिडिया तथा सशक्तिकरणसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्ने लक्ष्य बोकेको छ ।

ब्रेकिङ्ग समाचार