कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु

कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु

मृतकको कुल संख्या २०७ पुग्यो

काठमाडौं । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसंगै नेपालमा कुल मृतकको संख्या २ सय ७ पुगेको हो ।

मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको छ ।

ब्रेकिङ्ग समाचार स्वास्थ्य