उपत्यकामा १८६ जना नयाँ संक्रमित

उपत्यकामा १८६ जना नयाँ संक्रमित

काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना फेला

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित घटेका छन् । शनिबार सो संख्या घटेर १८६ जना नयाँ संक्रमित फेला परेका हुन् । शुक्रबार ४१५ जना नयाँ संक्रमित भेटिएकोमा शनिबार १८६ जना फेला परेका हुन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

ब्रेकिङ्ग समाचार स्वास्थ्य