देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म २० हजार ५५५ संक्रमित निको भए

काठमाडौँ । नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा संक्रमण देखिएको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

यस्तै हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।

ब्रेकिङ्ग समाचार स्वास्थ्य