सत्तारूढ दल नेकपाको सचिवालय बैठक स्थगित

सत्तारूढ दल नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले जानकारी दिए । उनकाअनुसार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबारै बालुवाटारमा भएको छलफलपछि बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

मुलुकमा कोरोना संक्रमण उच्च दरमा बढेका कारण बैठक सारिएको हो । सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ। बैठकमा पार्टीको विवाद अन्त्यका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा तय भएको थियो ।

ब्रेकिङ्ग राजनीति