विचित्रको गाँउः बेडरूम, किचन र बाथरुममा विशालु सर्प भेटिन्छ

विचित्रको गाँउः बेडरूम, किचन र बाथरुममा विशालु सर्प भेटिन्छ

काठमाडौँ । भारतको नागचुन गाउँमा बाटो, खेत वा घर आसपासमा मात्र होइन घरभित्र बेडरूम, किचन र दराजमा समेत विशालु सर्प भेटिन्छ । नागचुनको हवाईपट्टिको सामुन्नेमा रहेको सयौं एकड जग्गामा विशालु सर्प भेटिन्छ । यस गाउँमा ६र७ पिढि देखि बस्दै आएका स्थानीयका अनुसार गाउँमा अत्यधिक सर्प भेटिन थालेपछि कुनै पनि शुभकार्य गर्दा शुरुवातमा नाग देवताको पूजा गरिन थालियो ।

पछि मन्दिर बनाएर हरेक महिनाको पञ्चमीमा नाग देवताको पूजा हुदै आएको छ । यसरी गाउँमा जताततै विशालु सर्प भेटिनुको कारण बारे जन्तु विज्ञानका भारतीय विशेषज्ञ राजेश सिंहका अनुसार नागचुन गाउँ भौगोलिकस्थित अनुसार सर्पका लागी अनुकूल रहेको छ । यस गाउँमा बाँस, पोखरी, नहर तथा चट्टानी क्षेत्र भएकाले यस्तो स्थान सर्पका लागी प्राकृतिक रूपले अनुकुल मानिन्छ । यस्तो स्थानमा सर्पको भोजन, स्वास्थ्य, सुरक्षा र उत्पादन सहज हुन्छ ।

रोचक प्रसङ्ग