चराको यस्तो अनौठो अभिनय !

चराको यस्तो अनौठो अभिनय !

काठमाडौँ । के तपाईले कुनै जनावरले अभिनय गरेको देख्नु भएको छ ? भारतमा एक जीवले गरेको हर्कत देखेर तपाई अचम्मित हुनुहुनेछ ।
भारतमा अहिले एउटा भिडियो भाइरल बनेको छ । जसमा एक पक्षीले गरेको हर्कत नाम चलेका कलाकारको अभिनय पनि फिक्का लाग्दछ ।

भारती वन विभागका अधिकारी सुसान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियो भाइरल बनेको हो । हालै उनले २ जनावरको भिडियो अपलोड गरेकि थिइन् जसलाई हेर्दा चर्चित कार्टुन क्यारेक्टर टम एण्ड जेरीको स्मरण ताजा हुन्छ ।

भिडियोमा एक कुकुर जमिनमा रहेको पक्षीलाई खान खोजे झै गरेर हेर्छ । तर उक्त पक्षीले मरेको अभिनय यसरी गर्दछ कि मानौ उ कुनै पक्षी वा जीव नै होइन । यतिकैमा झुक्किएको कुकुर अचानक अन्यत्र हेर्दछ । तर कुकुरको ध्यान अन्यत्र मोडिएको फाइदा उठाउदैं उक्त पक्षीं त्यहाबाट रफूचक्कर हुन्छ । अर्थात भाग्दछ ।

रोचक प्रसङ्ग