पेट्रोल नपाएको झोकमा सर्पको प्रहार !

पेट्रोल नपाएको झोकमा सर्पको प्रहार !

काठमाडौँ । भारतको महाराष्ट्र प्रदेशको बुलढाणाको एक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन आएका दुइ युवकले पम्पका म्यानेजर र क्यासियरको कोठामा सर्प छाडेर भागेका छन् । सर्पलाई कोठामा देखनासाथ पेट्रोलपम्प भागदौड मच्चिएको थियो । पछि स्थानिय सपेरालाई बोलाएर सर्प नियन्त्रणमा लिइएको थियो ।

बुलढाणा मलकापुर सकडमा रहेको चौधरी पेट्रोल पम्पमा गत मंगलवार साझँ दुई युवक बोतलमा पेट्रोल लिन आए । तर भारत सरकारले तोकेको समयपछि पेट्रोल लिन आएको भन्दै पेट्रोल अस्विकार गरे ।

तब ती युवाले पेट्रोल नपाएको झोकमा पम्पका म्यानेजर र क्यासियरको कोठाको गोमन सर्प छाडेर भागे । सर्प छाडेर भागेको भिडियो पम्प सीसीटीभीमा रेकर्ड भएको छ ।

सर्प छाडेर भाग्ने दुबै युवा सपेरा भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिसको झोँकमा उनीहरुले आफुसित रहेको सर्प छाडेर भागेका थिए । पेट्रोल पम्प मालिक सारिका कैलास चौधरीले युवाविरुद्ध कारबाहिको माग गरेका छन् ।

रोचक प्रसङ्ग