कोरोना कहरकाबीचमा पनि साउन महिनामा साढे ४ अर्बको मोबाइल आयात

कोरोना कहरकाबीचमा पनि साउन महिनामा साढे ४ अर्बको मोबाइल आयात

काठमाडौँ । नेपालमा कोरोना कहरकाबीचमा पनि साउन महिनामा साढे ४ अर्बको मोबाइल आयात धेरै आयात भएको छ । साउन महिनामा मात्रै करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको भन्सार विभागले जनाएको हो । साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको थियो ।

यी मोवाइल खरिद गर्दा ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँ बाहिरिएको विभागले जनाएको छ । गत वर्षको साउन महिनामा दुई अर्ब ४१ करोड रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको थियो । यस वर्ष मोबाइल आयात बापत सरकारले ६७ करोड ५० लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ को पहिलो महिनामा भित्रिएको मोबाइल गत वर्षको भन्दा अस्वाभाविकरुपमा बढी रहेको विभागको भनाई छ ।

कर्पोरेट