देशभर ९ सय २७ कोरोना  संक्रमित थपिए

देशभर ९ सय २७ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा थप ९२७ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको जानकारी दिए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । बितेको २४ घण्टामा १० हजार २२९ पीसीआर भएको छ ।

स्वास्थ्य