विश्वभर २ करोड ४६ लाख बढी मानिस कोरोना संक्रमित

विश्वभर २ करोड ४६ लाख बढी मानिस कोरोना संक्रमित

काठमाडौँ । विश्वभर २ करोड ४६ लाख बढी मानिस कोरोना संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको हो ।

संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् । एकै दिन थप ५ हजार ८६१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३४ हजार ७७३ पुगेको छ ।

अहिले ६६ लाख ९४ हजार ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६१ हजार ३९६ जनाको अवस्था गम्भीर छ ।

स्वास्थ्य