ब्राजिलियन पूर्ब फूटबर रोनाल्डिन्हो जेलमूक्त

ब्राजिलियन पूर्ब फूटबर रोनाल्डिन्हो जेलमूक्त

काठमाडौँ । जाली पासपोर्टको आरोपमा पाराग्वेको जेलमा रहेका ब्राजिलियन पूर्ब फूटबर रोनाल्डिन्हो जेलमूक्त भएका छन् । ५ महिनाको जेल सजायपछि अदालतको फैसला अनुसार उनलाई जेलमुक्त गरिएको हो ।

पाराग्वेको अदालतले सो प्रकरणमा पक्राउ परि सजाय भोगीरहेका रोनाल्डिन्हो र उनका दाजु रोबर्टो डे एसिस मोरेरालाई पनि जेलमुक्त गर्ने आदेश दिएको हो । १ महिना पुर्ण रुपमा जेलजीवन बिताएका उनले त्यसपछिको ४ महिना भने होटलमा प्रहरीको निगरानीमा बिताएका थिए ।

अदालतको आदेशसंगै ४० वर्षीय रोनाल्डिन्होलाई आफ्नो मुलुक वा अन्यन्त्र जाने बाटो खुलेको छ । तर उनले आफ्नो यात्रा विवरण भने प्रहरीलाई जानकारी गराउनुपर्नेछ ।
खेलकूद