नयाँ सिजनको इंग्लिस प्रिमियर लिग खेल तालिका सार्वजनिक

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग खेल तालिका सार्वजनिक

काठमाडौँ । इंग्लिस प्रिमियर लिग २०२०-२१ को खेल तालिका सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको नयाँ सिजनको खेल तालिकाअनुसार पहिलो दिन सेप्टेम्बर १२ मा ६ खेल हुनेछन्। साविक विजेता लिभरपुलले लिड्स यूटिडीसँग खेल्नेछ।

लिड्स यसै सिजन शीर्ष डिभिजिनमा उक्लिएको हो। सेप्टेम्बर १२ कै पहिलो खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्टन, फूलह्यामले आर्सनल, एभर्टनलले स्पर्स, वेस्ट ब्रोमले लेस्टर सिटी र वेस्ट ह्यामले न्यु क्यासल युनाइटेडसँग खेल्नेछ।

नयाँ सिजनका लिग सेप्टेम्बर १२ मा सुरु भई २०२१ मे २३ मा खेल सकिनेछ।

खेलकूद