काठमाडौँ । भदौ १६ गतेपछि हुने चार्टर्ड तथा नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनासम्मको नियमित तथा चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार नियमित उडान हुने देशहरुमा चीन, जापन,दक्षिण कोरिया, मलेसिया,युएई,कतार,टर्की र हङकङमा उडान हुने छ।
मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।