नेपालमा हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाईं

नेपालमा हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाईं

काठमाडौंँ । नेपालमा यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान खेती गरीएको छ । गत वर्ष भन्दा ५१ हजार ७३८ हेक्टर बढी क्षेत्रफमा धान खेती भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो वर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको हो ।

समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९)ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कुल क्षेत्रफलको ९८.१९ प्रतिशत क्षेत्रमा धानखेती गरीएको मन्त्रालयले जानकारी दिएको हो ।

लकडाउनका कारण धेरै क्षेत्रफलमा धानखेती भएको पनि मन्त्रालयले जनाएको छ ।

कृषि