चीनमा गत जुलाइदेखि नै कोरोनाविरुद्धको खोप दिइएको खुलासा

चीनमा गत जुलाइदेखि नै कोरोनाविरुद्धको खोप दिइएको खुलासा

काठमाडौँ । चीनमा कोरोना भाइरस (कोभिड- १९)को नियन्त्रणका लागि गत जुलाइदेखि नै खोप दिइएको खुलासा भएको छ । त्यहाँ कोरोना भाइरस संक्रमणविरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्ने चीनका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई गत जुलाईदेखि नै खोप दिँदै आएको खुलासा भएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक उच्च कर्मचारीले सो खुलासा गरेको सीएनएनले जनाएको छ । चीनको राष्ट्रिय बायोटेक ग्रुप कम्पनी सिनोफार्मले विकास गरेको खोपको तेस्रोचरणको परीक्षण युएइ, पेरू, मोरोक्को र अर्जेन्टिनामा गरिएको थियो ।

सो परीक्षण सफल भएपश्चात गत जुलाइ २२ तारिखमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले स्वीकृती दिएको आयोगका विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक जेङ जोङवाईले बताएका हुन् ।

उच्च जोखिममा रहेका व्यक्तिलाई मात्र खोप दिइँदै आएको छ । स्वास्थ्यकर्मी, परामर्शदाता, ज्वरो नाप्न खटाइएका कर्मचारी तथा कोरोना संक्रमितको आशंका गरिएको व्यक्तिलाई उद्धार गर्नेहरुलाई मात्र खोप दिइँदै आएको छ ।

विश्व