नेपालमा थप १ हजार १११ जना नयाँ सक्रमित

नेपालमा थप १ हजार १११ जना नयाँ सक्रमित

काठमाडौँ । नेपालमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना संक्रमण देखिएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनकाअनुसार ३३४ महिला र ७७७ पुरूष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कूल संख्या ३५ हजार ५३९ पुगेको छ ।

समाचार स्वास्थ्य