‘सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँछः  डब्ल्युएचओ

‘सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँछः  डब्ल्युएचओ

काठमाडौं । कोरोनाले विश्व आक्रान्त पारेको विश्व यतीबेला कोरोना भाईरस विरुद्धको खोपको पर्खाइमा रहेको छ ।
विश्व कोरोना विरुद्धको भ्याक्सिनको पर्खाईमा रहेका बेला विश्व स्वास्थ्य संगठनले भने सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँने बताएको छ ।
डब्लुएचओका अनुसार खोप सन २०२१ को मध्य तिर मात्रै सबैकालागि उपलब्ध हुन सक्छ । विश्व स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले यस्तो बताएकी हुन ।

समयका बारेमा ठ्याक्कै यकिनका साथ भन्न नसकिने स्विकार्दै सबैका लागि भ्याक्सिन उपलब्ध हुने मिति सन २०२१ को छैटौं या नवौं महिना पनि हुन सक्ने डा. सौम्याले बताइन । उनका अनुसार भ्याक्सिनको उत्पादन र सबै मुलुकलाई वितरण गर्ने काम छोटो समयमा सम्भव छैन । कोरोनाविरुद्धका कतिपय खोपहरुको तेस्रो चरणको परीक्षण भर्खरै सुरु भएको छ ।

यो पुरा हुन यो बर्ष पुरै बित्न पनि सक्छ । यीनै तथ्यहरुका आधारमा डा. सौम्याले आफ्नो धारणा ब्यक्त गरेकी हुन । तेस्रो चरणको परीक्षण गरिरहेका केही औषधि कम्पनीहरुबाट आशा गर्न सकिने उनले बताइन । उनले भनिन, “केही कम्पनीहरुले यो बर्षको अन्त्य या अर्को बर्षको सुरुवातसम्ममा तेस्रो चरणको परीक्षण सक्ने छन ।

यसपछि मात्रै विश्वस्तरमा भ्याक्सिनको उत्पादन सुरु हुनेछ । विश्वभरका मानिसहरुलाई अर्बौंको संख्यामा भ्याक्सिन चाहिन्छ । जसको उत्पादन गर्न निकै समय लाग्न सक्छ ।” डा. सौम्याले सबैलाई सावधानी र धैर्यताकासाथ कोरोना भाइरसंग जुध्न आग्रह गरेकी छिन । जस्तोसुकै संकट आइपरे पनि आशावादी र यथार्थवादी हुनु पर्ने उनको तर्क रहेको एएनआइले जनाएको छ ।

ब्रेकिङ्ग विश्व स्वास्थ्य