आमा बन्नेबारे सोचेकी छैनः प्रियंका कार्की

आमा बन्नेबारे सोचेकी छैनः प्रियंका कार्की

काठमाडौंं । नायीका प्रियंका कार्कीले अहिले नै आमा बन्नेबारे नसोचेको बताएकी छन् ।
नायक आयुष्मान देशराज जोशीसंग गत बर्षको फागुनमा विवाह गरेकी प्रियंकाले तत्काल आमा बन्नेबारे केही नसोचेको बताएकी हुन् ।

बिहेपश्चात उनीहरु लकडाउनमै छन् । प्रियंका र आयुष्मान नयाँ घरमा रमाइरहेका छन् ।

एक फ्यानले प्रियंकालाई सोधे–‘लकडाउनमा आमा बन्नेबारे सोच्नु भएको छ कि छैन ?’ प्रियंकाले जवाफ दिदै भनिन्–‘म गर्भवती छैन । अहिले नै बच्चाको बिषयमा केही पनि सोचेका छैनौं । तर, म वाचा गर्छु जब हाम्रो सोच हुन्छ, म सबैलाई बताउनेछु ।’

 

मनोरञ्जन